Friday, May 6, 2011

''गजल''

एक पछि तीन हुन्छ भन्दा कसले विश्वास गर्ला

जून लाग्दा दिन हुन्छ भन्दा कसले विश्वास गर्ला।


दिन बिताउन गाह्रो पर्ने यो बिरानो शहरमा

वर्ष एकै छिन हुन्छ भन्दा कसले विश्वास गर्ला।


परिक्षामा सधै भरि फेल हुने मान्छे पनि

पढ्नमानै लिन हुन्छ भन्दा कसले विश्वास गर्ला।


आँखा भित्र राख्दा पनि नबिझाउने त्यो मायामा

घोच्ने तिखो पिन हुन्छ भन्दा कसले विश्वास गर्ला।


दु:ख सुख सँगै साट्ने सँगै बाँच्ने मायालुको

मन भित्र घिन हुन्छ भन्दा कसले विश्वास गर्ला।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।