Friday, May 6, 2011

''गजल''

थाहा छैन कैले आउँछ मेरो हाँसो फर्किएर

चैतमासको घामसँगै गएको थ्यो चर्किएर।


जिन्दगीनै हाँसो बिना बित्ने होकी मेरो कतै

आउने होकी साउनको झरी सँगै दर्किएर।


यसैपनि मेरो जीवन चोटै चोटले भरेकोथ्यो

त्यसैमाथि गयौ अझै नून खुर्सानी छर्किएर।


नत बुझ्ने मौका दियो नआफैले बुझ्न खोज्यौ

यौटा सानो कुरामानै छोड्यौ किन झर्किएर।


मनमा यौटा कुरा राखी मुखले अर्को कुरा गर्दै

कहिले सम्म हुन्छौ भन टाढा टाढा तर्किएर।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।