Friday, May 6, 2011

''गजल''

यो धर्तीमा टेक्नासाथै कस्तो उपहार पाएँ
संसारभरि अभाव अनि सबै हाहाकार पाएँ।

जसोतसो चलेकै थ्यो हाहाकारको माझपनि
अझै पनि नभएर शिरमा रिनको भार पाएँ।

समस्याको जड के’हो भन्दै बुझ्न खोज्दाखेरी
आफन्तमै खिचातानी अनि मारामार पाएँ।

सकिन्छ की मिलाउन भन्दै खोजी गर्दै थिएँ
यौटा वारी पाखा अनि अर्को नदी पार पाएँ।

यदि देश बन्छ भने मर्न पनि तयार छु म
भन्दापनि न त यहाँ कुनै कामको सार पाएँ।

घुसखोरी फटाहालाई स्वागत गर्ने यो देशमा
राम्रो गर्न खोज्दा उल्टै काँडेतारको बार पाएँ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।