Wednesday, April 6, 2011

''गजल''

जति गुणन जोड गरेँ, घाटै घाटा जिन्दगीमा,
शिखर चुम्न लक्ष्य लियो, बाटै बाटा जिन्दगीमा।

मन बचन शुद्ध पारी, एकाग्रतामा लिन भयो,
चारै तिर सल्बलाउछन, टाटै टाटा जिन्दगीमा।

खोज्छु मुक्त हुनलाई, चोट पटक ब्यथाबाट,
झनै दुख्न थालिदिन्छ, खाटै खाटा जिन्दगीमा।

जति जति नजिक हुन्छु, पर पर भाग्छ खुशी,
आखिर आँशु डुलिरह्यो, नाटै नाटा जिन्दगीमा।

नबोल्नेको चामल डक्कै, बाचालको पिठो बिक्छ,
बिफलका हर कदम, लाटै लाटा जिन्दगीमा।



रामचन्द्र कार्की
आँपपीपल- ४, राईगाँउ
गोरखा
हाल : पोखरा
मोबाइल नं. ९८४६०३५४२४

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।