Monday, May 9, 2011

''गजल''

फूल जस्तै तिम्रो मन ढुङ्गा जस्तै भयो अनि
टाढा हुन बाध्य भएँ मनमा माया भए पनि।

वर्षौ सम्म पुज्दै आएँ चोखो माया अर्पण गर्दै
ढुङ्गा पनि केलै काही देवी बन्ने हुन् की भनि।

मेरो चोखो मायालाई कमजोरीको संज्ञा दिदै
साध्य छैन दु:ख पीडा दिएका ती चोट गनी।

जे भन्दा नि हुने रैछ यो समाजमा तिमीले त
मेरै गल्ती देखाउँदैछौ अझै आफु निर्दोष बनि।

हाम्रो माया कोपिलामा ओईलिएर गए पछि
न त हुन्छ गोड्मेल गर्दा न त हुन्छ माटो खनी।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।