Friday, June 10, 2011

''गजल''


यस्ता सांसद पाल्नु भन्दा कुकुर पाल्न बेस,
पासपोर्ट बेची बिद्युत चोरी खत्तम पारे देश ।

पन्ध्र दिनको कामलाई चार बर्ष नी थोरै भो,

तलब भत्ता बिदेश भ्रमण देश भयो शेष ।

आँफै बस्ने कुर्सी आफै भाँच्छन बाँदरहरु,
धरतीलाई भार किन मरे हुन्छ झनै बेश ।

अझै म्याद थप्ने भन्छन् महल ठड्याउन,
देशै कटाउँ केश मोडि लगाइ जोगी भेष ।


रामचन्द्र कार्की
आँपपीपल- ४, राईगाँउ
गोरखा
हाल : पोखरा
मोबाइल नं. ९८४६०३५४२४

3 comments:

  1. यहाँ कफिय दोहोरिएछ नि होइन र बेस र बेश के हो ?

    ReplyDelete
  2. साँच्चै दोहोरिएको रहेछ।

    ReplyDelete
  3. यस्तो गजल त राख्ने र विचार गर्नु है सर

    ReplyDelete

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।