Monday, September 19, 2011

''गजल''

भक्तिसरले दिनु भएको काफिया र रदीफमा लेखेका गजलहरु।

एक(१)

बसेको थेँ तिमीलाई भेट्ने ठूलो रहरमा

तर तिमी भुलिएछौ झिलीमिली शहरमा।


अझै पनि मनमा थोरै आशाहरु सङ्गालेर

तिम्रै बाटो हेर्थेँ सधै साँझको त्यो प्रहरमा।


न त सकेँ भेट्न तिम्लाई न त सकेँ बिर्सननै

त्यसैले त गजल लेख्न थाले मैले बहरमा।

भेटेपछि छुट्नु पर्ने यस्तै होला भन्ने सोच्दै

यो जिन्दगी फाल्न पनि सकिएन जहरमा।


भेटिन्छ कि भन्ने आशमा यि आँखाले चारैतिर

अझै पनि हेर्दैछु म मान्छेका ति लहरमा।।।



दुई(२)

अनायसै यो बिरानो शहरमा फसेँ म

जिन्दगीनै सखाप पार्ने जहरमा फसेँ म।


जन्मनाता भन्दा पनि मित्रतानै ठूलो भन्थे

तर आज त्यही साथीको रहरमा फसेँ म।


मनैभरि सुन्दर संसार हेर्ने इच्छा हुँदा हुदै

बाहिर आउँनै नसकिने नहरमा फसेँ म।


थाहा छैन कहाँ गई सकिने हो यो जिन्दगी

चारै तिर अन्धकार यो कहरमा फसेँ म।


जे भएनि यौटा गजल लेख्न शुरु गरेको थेँ

कहिल्यै पनि नसकिने बहरमा फसेँ म।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।