Monday, September 19, 2011

''गजल''

भोकै पेट लड्छन् मान्छे समाचार छ सूनको भाउ

लुकी खान पल्केका ति के बुझ्नु खै घूनको दाउ।


हुने खाने मान्छेको नै पछि लाग्छन् सबै यहाँ

कसले गर्लान् मलम पट्टी कठै बरा उनको घाउ।


मागी खाने भाँडो हुन्छ ठूला बडा मान्छेलाई

त्यसैले त भोकाएर रुँदा दिन्छन् धूनको नाउँ।

जे सोचे नि जे रोजे नि विचार गर्नु एउटा कुरा

घाम जति चम्किए नि लिदैन त्यो जूनको ठाउँ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।