Monday, September 19, 2011

''गजल''

भयो अब नगरे कै ठीक होला उनको कुरा
औसीको त्यो अँधेरोमा लुक्न जाने जूनको कुरा।

अन्याय र अत्यचारले सिमा नाघ्न लाग्दापनि
गर्छन् अझै मकै पिस्दा मिसिएका घूनको कुरा।

पाए सम्म आफै खाने आफै लाउने जमातमा
मनमा राख्ने को होलान् खै महावीर पुनको कुरा।

मानवताको खडेरीनै लाग्छ क्यारे यो संसारमा
जसलाई हेर्छु देख्छु उस्तै गर्नु अब कुनको कुरा।

आफ्नै भन्ने मान्छेपनि काल बनि आउँछन् यहाँ
के गर्नु खै सच्चा नाता जन्म अनि खुनको कुरा।

फेसबुकमा हेर्नको लागि यहाँ क्लिक गर्नुस्।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।