Monday, September 19, 2011

''गजल''

भक्तिसरले दिनु भएको काफिया र रदीफमा लेखिएको गजल
छोड अब मलाई आफ्नो नठानेकै जाती
म जस्तोलाई जीवन साथी नछानेकै जाती।

नशा भित्र आफैलाई भुल्न थालेपछि
जिन्दगीको अर्थ पनि नजानेकै जाती।

अन्जानैमा बानी लाग्यो छोड्न सकिएन
भयो अब वचन वाणले नहानेकै जाती।

नशासँगै भुल्ने मेरो बोली किन सुन्थ्यो
हुन्छ सायद कुरा पनि नखानेकै जाती।

डाँडामाथि घाम जस्तै यो जिन्दगी मेरो
भिरबाट खसे पनि नतानेकै जाती।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।