Monday, September 19, 2011

''गजल''

संजय खड्का

पालुवा त आएकै हो मुना आउनु पर्दैन भो
गणतन्त्र ल्याएकै हो टुना आउनु पर्दैन भो |

गर्ने काम नगरेसी जादु हुन्न शान्ति आउने
भाग बण्डा लाएकै हो गुणा आउनु पर्दैन भो |

सहमति गर्छौ भने जनताको कुरा सुन
टेबलैमा वार्ता गर्नु कुना आउनु पर्दैन भो |

मिलि जुली जाने भए कुरा सबै मिलि हाल्छ
टपरीमा बाँडी खाऊ दुना आउनु पर्दैन भो |

किसानले गर्ने खोजे मल बिउँ पाउने होइन
सक्कली नै मल बेच "लुना " आउनु पर्दैन भो |

संजय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली -८

2 comments:

  1. सुबाश सर , मेरो गजल पनि यहाँ राखिदिएको मा धेरै धेरै धन्यबाद / यो साइड लाइ यस्तै राम्रा राम्रा कार्यक्रम बढाउदै गएर सबैले मन पराउने बनाउनु का साथै गजल संग्रह नै बनाउदा राम्रो हुन्छ /

    ReplyDelete
  2. गजल पठाउनु भएकोमा तपाईँलाई पनि धन्यवाद,

    ReplyDelete

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।