Monday, September 19, 2011

''गजल''

कल्पना अवस्थी

कोहि भन्छन् यो माया प्राप्तीको नै कुरा हो
कोहि भन्छन् यो माया मुटु रेट्ने छुरा हो

साथ हुँदा मायालु जिन्दगी यो खुल्दछ
कोहि भन्छन् यो माया तिमी संगै पुरा हो

बिछोडका पलमा अतालिन्छ यो मन
कोहि भन्छन् यो माया बेहोशिको सुरा हो

तड्पिन्छ यादमा रुन्छ मन बेस्सरी
कोहि भन्छन् यो माया रुँदै बस्ने कुना हो

एक बिना अर्काको छैन कुनै कहानी
म त भन्छु यो माया मुटु जोड्ने तुना हो

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।