Monday, September 19, 2011

''गजल''

हिरु शर्मा

चाहेको थिएँ त्यो फूल मैले झरेछ हजूर !
मनको सुर्य दक्षिण तिर सरेछ हजूर !!

नसोची मैले के गर्न पुगें अध्यारो रोजेर !
सोच्दैछु बल्ल उज्यालो कता मरेछ हजूर !!

बिर्शेर माँया हिडेछ पापी सर्वस्व सुम्पेर !
बन्धकी मुटु अर्कैको नाम गरेछ हजूर !!

मनको आँधी सम्झेर साह्रो आतिन्छु भन्नेले !
आँशुको खोला सजिलै संग तरेछ हजूर !!

मनको व्यथा पोखेथें सबै ईश्वर सामुमा!
नसुनी उल्टै भएको खुशी हरेछ हजूर!!

हिरु शर्मा
विराटनगर नेपाल

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।