Monday, September 19, 2011

''गजल''

हिरु शर्मा

तिमि आउ आज हाम्रो जवानीको कुरा लेख!
रातैभरी खोसेको त्यो सिरानीको कुरा लेख!!

ति चन्चले दिन हाम्रा सम्झिदा नै मुटु डस्ने!
सक्छौ भनें पुराना ति कहानीको कुरा लेख !!

पसिनाले भिजेका थे नित्य हाम्रा रातहरु !
पालुवा झैं मौलाएको निशानिको कुरा लेख !!

हल्ला गर्थे गाउँघर तिम्रो मेरो पिरतीको !
गर्नु सम्म गर्ने तिनै बैमानिको कुरा लेख !!

उधारोको हाँसो खुसि फस्टाएको देख्छु जब !
भन्छु अनि तिमीलाई भुक्तानीको कुरा लेख !

हिरु शर्मा
विराटनगर नेपाल

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।