Thursday, September 22, 2011

''गजल''

घायलको तरही मुसायरा भाग-१८

जुन दिन तिम्रो बारे के-के कुरा सुनेँ मैले
त्यसैबेला सोचेको थेँ अब टाढा हुने मैले।

तिमीलाई मेरो बारे कुनै चिन्ता छैन भने
सधै भरि तिम्रै लागि अब किन रुने मैले?

सुनेकोथेँ इच्छा भए केही हुन्न गाह्रो यहाँ
त्यसैले त कल्पनामा माला कति उनेँ मैले।

सोचेका ति कुरा सबै अधूरो नै भए पछि
छानी छानी त्यहीबाट संघर्ष नै चुने मैले।

जिन्दगीका सारा दु:ख आफै भोग्न परेपछि
आँसु बनि पराईको दु:ख किन धुने मैले ?

सुवास श्रेष्ठ गोरखा

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।