Thursday, September 22, 2011

''गजल''

कल्पना अवस्थी

लेकमा फूलेकि गुराँस बेसीमा मलाई नझार
गर्मीले ओइलि झर्नेछु बिचल्ली मलाई नपार

डाँफे र मुनाल नाँचेको हेरेर हु्र्के म यहि
देउराली भंज्याग कटाई बिन्ती छ मलाई नसार

कोयलि को मिठो धुनमा काफल पाक्यो सुनेर
सूर्योको लालिले म फूल्छु बिन्ती छ मलाई नमार

सल्लेरी बनको बतास जिउँमा मेरो छोएर
सुन्दर ठान्दछु आफुलाई त्रिशुलि मलाई नतार

हिमाली भेगमा बाँच्नदेऊ हेरेर मेरो हिमाल
पारेर ओझेल किरन अस्तित्व मेरो नखार

कल्पना अवस्थी
क्यानाडा

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।