Thursday, September 22, 2011

''गजल''

स्याङ्जाली रमेश

घरबारी बन्धकी भो सार्‍यो साहुले आफ्नै नाउँमा
फर्की जाउ यहाँ बाट टेक्ने ठाउ छैन गाउँमा

मेरै बाटो हेर्दै कती रुँदै होलीन मेरी आमा
म त यहाँ पर्देशमा धन कमाउने झुटो दाउमा

सम्झनामा भक्कानिदै एक्लै तड्पी के गर्नु र
झर्दा आँशु पुछिदिने छैन हजुर यो ठाउँमा

साईत सार्दा नआत्तिनु दुखीको दिन आउछ भन्थेउ
ब्याज माथी स्याज थपी पक्कै तिर्छु त्यो साउमा

एैले बर्खा जेनतेन अर्मपर्म चलाउनु
यो दशैमा पक्कै आउछु ठेस नलागे यी पाऊँमा



स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।