Wednesday, September 28, 2011

''गजल''

सुवास श्रेष्ठ गोरखा

सोचेको थेँ दशै तिहार तिमी सँगै हुन्छ भन्ने
यसपाली त भगवानले मेरो बिन्ति सुन्छ भन्ने।

कसोगरी सम्झाउँ मैले तिमी बिना तड्पिएर
एक्लै एक्लै बस्नुपर्दा यो मन कति रुन्छ भन्ने।

बिर्सियौ कि तिमीले त यो दशै र तिहारमा
घरैभरि तिम्रो लागि फूलका माला उन्छ भन्ने।

बर्षौ सम्म घर छोडी एक्लै टाढा बस्दा खेरी
सोच्नु पर्थ्यो पराईले के के जाल बुन्छ भन्ने।

दुनियाँले जे भने नि तिम्रो साथ पाउँदा सम्म
थाहै होला आँसुले नै सारा दु:ख धुन्छ भन्ने।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।