Monday, September 26, 2011

''गजल''

संकल्प चन्द ठकुरी (आँसु)

सोच्नु हुन्न कसैको नि जय नहोस् यहाँ
म त भन्छु कसैको नि क्षय नहोस् यहाँ

शत्रु-शत्रु पनि यहाँ मित्र देख्नु पर्छ
मित्र-मित्र भित्र अब भय नहोस् यहाँ

दु:ख सुख जिबनै हो हाँसी खुशी बाचौँ
कहिल्यै नि रुवाइको लय नहोस् यहाँ

जता ततै खुशीयाली शान्ति छावोस् अब
फेरी पनि युध्द गर्ने तय नहोस् यहाँ


संकल्प चन्द ठकुरी (आँसु)
बाँके हाल (युएइ २०११ अगस्ट १९)

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।