Sunday, October 2, 2011

''गजल''

तेज बकस मिया

महलमा बस्नेलाई सुहाउन दशै आयो
झुपडीमा बस्नेलाई रुवाउन दशै आयो।

दु:खसँग दु:ख साटी छाक टार्ने भोकै भए
सुख माथि रम्नेलाई खुवाउन दशै आयो।

छाकटार्न लाउन पनि नसकिने एकसरो
यस्तै बेला आँसुले मुख धुवाउन दशै आयो।

सानासाना लालावाला नाना भन्दै कराउँदा
छैन भन्दा रुँदै आँसु चुहाउन दशै आयो।

बालबच्चा खुसी पार्न दिन रात भारी बोक्दै
पसिना नै पसिनाले नुहाउन दशै आयो।

तेज बकस मिया
बयापानी हर्मी गोरखा।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।