Tuesday, October 4, 2011

कविता

बिन्दा रेग्मी

चारैतिरबाट डाँडाले घेरिएको बीचमा छ सानो गाउँ
राजधानीबाट उत्तर पर्ने घैरुङ्ग दार्चे हो मेरो गाउँ

चिसो हावा मीठो पानी हिमालको छाँया
जति गाउँको उति देशको लाग्छ मलाई माया

पहिलेदेखि यही गाउँ यही देशमा हुर्किएँ
आफू दुःख लुकाएर सेवा गर्न सक्ने भएँ

आधुनिक शिक्षाको उज्यालो कमी छ, मेरो गाउँलाई
कसरी शिक्षित बनाउने भनी चिन्ता लाग्छ मलाई

राष्ट्रको विकास हुनसक्छ सेवा गरे गाउँको
समर्पित जीवन उन्नतिका लागि यो ठाउँको

आथिर्क अवस्था सदुढ पार्छु रोजगार दिलाइ सबैलाई
यातायात र घरेलु उद्यागको खाँचो भएझै लाग्छ मलाई

कहिले होला र गाउ बेंसी अघि-अघि सर्ने
शिक्षा सञ्चारको आफ्नै गाउमा विकास गर्ने

गरीबी,शोषण र अन्धविश्वासले आक्रान्त पारेको छ
कर्तव्य र अधिकार समाजको निर्माण गर्नुपरेको छ

सानै देखि समस्याको विश्लेषण गर्दैं आएँ
गाउँको मर्म बुझ्न सक्ने भर्खर अहिले भएँ

बिन्दा रेग्मी गोरखा।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।