Tuesday, December 13, 2011

''गजल''

सुवास श्रेष्ठ


देश डुब्यो अन्धकारमा तिमी जातमा अल्झिदैछौ
पराईले फूल टिपिसके तिमी पातमा अल्झिदैछौ।

पहिले शिरमा चढाएर खुट्टा तान्न खोज्ने सँग
किन तिमी अझै पनि उसकै साथमा अल्झिदैछौ?

दुनियाँलाई हँसाएर आफ्नै घरमा आगो लगाई
आफ्ना सँगै घात माथि प्रतिघातमा अल्झिदैछौ।

नयाँ सोच र विचारले अघि बढ्नु पर्ने बेला
तिमी भने अन्धविश्वास उही बातमा अल्झिदैछौ।

सोच आफै अरु मान्छे चन्द्रमामा पाईला टेक्दा
अझै सम्म तिमी किन कालो रातमा अल्झिदैछौ?

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।