Monday, December 12, 2011

''गजल''

सुवास श्रेष्ठ

माछा जस्तै पौडिनलाई कुनै कुलो छैन यहाँ
लुकामारी खेल्न पनि लुक्ने दुलो छैन यहाँ।

बर्षौ भयो हाम्रो माया आलोकाँचो लाग्छ अझै
आगो बाली पकाउन नि कुनै चुलो छैन यहाँ।

पवित्र छ हाम्रो माया अनि हाम्रो छुट्टै संसार
यो मौसमलाई धमिलाउने धुँवा धूलो छैन यहाँ।

न त माया किन्न मिल्छ न त कही बिक्री गर्न
त्यसैले त मुल्य तोक्न जोख्ने तुलो छैन यहाँ।

जे भए नि यो मायामा स्वभाविकनै लाग्ने रैछ
यस्तो लाग्छ कोही मान्छे सानो ठूलो छैन यहाँ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।