Monday, December 12, 2011

''गजल''

सुवास श्रेष्ठ


घायलको तरही मुसायरा भाग-२७

संसारमा न त कैले लुकेको छ मेरो देश
न त कैले कसै सँग झुकेको छ मेरो देश।

विरताले भरिएको कथा सुन्दा गर्व लाग्छ
तर पनि लाग्छ कतै दुखेको छ मेरो देश।

हिमालको सौन्दर्यता हरियाली बन सँगै
मेची काली फैलिएर फूकेको छ मेरो देश।

प्रकृतिले दिएका यि यति राम्रो फूलहरु
फुलाउन किन आज चुकेको छ मेरो देश?

बगैँचामा काम गर्ने राम्रो माली नहुनाले
हेर आज भित्र भित्रै सुकेको छ मेरो देश।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।