Monday, December 12, 2011

''गजल''

सुवास श्रेष्ठ

घायलको तरही मुसायरा भाग-२५

मन भित्रै इच्छा सबै ढडाई के हुन्छ र?
बिना इच्छा यात्रा अघि बढाई के हुन्छ र?

काम गर्दै अघि बढ्नु जोस राखी मनमा
काम शुन्य औला मात्रै ठडाई के हुन्छ र?

मानवको आत्मा भित्र रहेसम्म दानव
अहिंसाको पाठ मात्र पढाई के हुन्छ र?

देवी द्यौता पूजा गर्ने रितीथिती नाममा
जन्तु मारी रगत वली चढाइ के हुन्छ र ?

आफू जस्तै सबैलाई सोच्ने गरौ समान
रमिते भै पशु पंक्षी लडाई के हुन्छ र?

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।