Monday, December 12, 2011

''गजल''

सुवास श्रेष्ठ

भेट्न आउँछु भन्दै थिएँ एउटा सानो काम पर्यो
काम सकेर फर्की आउँदा रोडमा गाडी जाम पर्यो।

मनमा इच्छा हुँदा पनि भेट्न आउन सकिएन
के गर्नु खै बन्द हड्ताल भईरहने ठाम पर्यो।

त्रेता युगको जस्तो भए जसरी नि आउँथे होला
तर हेर तिम्रो साथी कली युगको राम पर्यो।

कहिले काही यस्तै हुन्छ रिसाएर बस्छौ किन
मलाई कुर्ने त्यो पलको भन कति दाम पर्यो।

दुनियाँले छले पनि मनमा तिम्रो विश्वास थियो
यहाँ पनि विश्वास माथि त्यस्तै छल'छाम पर्यो।

सोचेको थेँ तिम्रो दिलमा मेरै राज होला भन्ने
त्यो दिल भित्र बस्ने मान्छे सायद अर्कै नाम पर्यो।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।