Monday, December 12, 2011

''गजल''

सुवास श्रेष्ठ

पानी माथि तेल हालेँ घुलाउने पो कसरी हो
नघुलेर अलग भए भुलाउने पो कसरी हो।

एक्लो भई तड्पिएर लक्ष्य बिहिन् भए यात्रा
जिन्दगीका बाटाहरु खुलाउने पो कसरी हो।

चैत्रमासको खडेरीझै जिन्दगीनै सुक्न थाले
मायाका ति फूलहरु फुलाउने पो कसरी हो।

जिन्दगीका खुसीहरु आउने दिनको प्रतिक्षामा
त्यतिन्जेल आफैलाई झुलाउने पो कसरी हो।

सबैतिर एक्लिएर यो संसार नै उजाड हुँदा
थाहा छैन यो मन मेरो डुलाउने पो कसरी हो।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।