Thursday, June 10, 2010

सच्चा प्रेम

म एकदिन बिहानै उठेर सैलुनमा गएको थिए, अनि त्यहाँ एकजना वृद्ध हतारमा कपाल काट्दै थियो, उनि निकै हतारमा देखिन्थ्यो । राम्रो सँग कपाल पुरा पनि नकाटी वृद्ध त्याँहा बाट हिड्न लागे अनि मैले उसलाई सोधे, तपाई किन यति हतारमा कपाल पनि पुरा नकाटी कता जानुहुन्छ? अनि उसको जवाफ थियो उसको श्रीमती अस्पतालमा एल्जाइमर को बिरामी रहेछ, अनि उनैलाई भेट्न र बिहानको नास्ता सँगै गर्न अस्पताल जादै रहेछ। अनि मैले सोधे के तपाई समयमा त्यहाँ पुगेन भने श्रीमती रिसाउनुहुन्छ अनि उसको जवाफ थियो, उसको श्रीमतीले उसलाई भुलिसकेकी रहेछ, ५ वर्ष देखि नचिन्ने रहेछ। अनि मैले भने, उनले तपाइलाई चिन्नुहुन्न फेरी तपाई चाही किन सधै उनलाई भेट्न जानुहुन्छ? अनि उसले हाँस्दै भने उनले त मलाई चिन्न सक्दिन तर मत उनलाई चिन्छु नि उनि को हुन् भनेर । अनि उसको जवाफले म लाजवाफ भएर सोच्दै बसिरहे सायद यस्तैलाई भन्छन सच्चा प्रेम ।


Share on Facebook

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।