Monday, June 14, 2010

खाली छ कि त्यो दिल भित्र मेरो माया अटाउँछ कि, 

बैरी सम्झी तर्सिएर डाँडा पारि कटाउँछ कि।


डर लाग्छ तिमीलाई म माया गर्छु भन्न पनि, 

सकिदैन तिमी सँग टाढा टाढा बन्न पनि । 


कति दिन बस्नु मैले मुटु भित्र आगो जलाई, 

छेउमा आई भनि दिए हुन्थ्यो बरु मलाई ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।