Monday, June 14, 2010

गीत

नत सके तिमीलाई छाड्न नत नाता जोड्नलाई,
जति माया गरे पनि रहेछ यो दिल तोड्नलाई। 

सधै भरि सोचिरहन्थे तिमी सँग जिउँनलाई, 
फाटी गयो यो मन मेरो सक्दिन कि सिउँनलाई। 
सँगै हिड्यौ किन आखिर थियो बाटो मोड्नलाई,
जति माया गरे पनि रहेछ यो दिल तोड्नलाई। 

दुई दिनको जिन्दगीमा किन यस्तो हुन्छ सधै, 
चारै तिर उजाडिएर कहिले सम्म बाँच्नु अझै । 
मुटु गाँठो पारे पनि रहेछ आखिर फोड्नलाई,
जति माया गरे पनि रहेछ यो दिल तोड्नलाई। 


लाग्छ कहिले एक्लै टाढा जान पाए पनि हुन्थ्यो,
नत तिमीले देख्न्न सक्थ्यो न रोएको सुन्थ्यो ।
झुटो कसम खायौ किन आखिर रहेछ छोड्नलाई,
जति माया गरे पनि रहेछ यो दिल तोड्नलाई ।

नत सके तिमीलाई छाड्न नत नाता जोड्नलाई,
जति माया गरे पनि रहेछ यो दिल तोड्नलाई । ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।