Tuesday, June 22, 2010

"गज़ल"

हाम्रो माया फूलै फूलले भरिएको डाली जस्तो, 
पूर्वबाट झुल्किएको बिहानीको लाली जस्तो।

कहिल्यै पनि नओईलिने अजम्बरी हाम्रो माया, 
चारै तिर हरियाली वर्षा यामको बाली जस्तो ।

बर पिपलको जोडी जस्तो सँग सँगै बाँच्नुपर्छ, 
तिमी बिना हुन्छ मलाई सारा संसार खाली जस्तो।

सागर जस्तै स्वच्छ माया सधै भरि रही रहोस, 
कहिल्यै पनि हुनुहुन्न फोहोर बग्ने नाली जस्तो।

युद्ध हारी फर्किएका सिपाहीको लहर होईन,
हुनुपर्छ विजयमा गुन्जिएको ताली जस्तो ।

हाम्रो माया फूलै फूलले भरिएको डाली जस्तो, 
पूर्वबाट झुल्किएको बिहानीको लाली जस्तो ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।